काठमाडौं । युवाहरूलाई हेभी इक्युपमेन्ट अपरेटर तालिम प्रदान गरिएको छ । गुर्भाकोट नगरपालिका, सुर्खेतको प्रायोजनमा तथा सिटिजन प्राविधिक शिक्षालय (सिपिएस)को व्यवस्थापनमा तालिम आयोजना गरिएको हो ।
देशका बेरोजगार युवाहरूलाई हेभी इक्युपमेन्ट अपरेटर तालिम मार्फत दक्ष बनाइ स्वदेशमा रोजगारीको सृजना गर्ने अभियान बमोजिम तालिम आयोजना गरिएको बताइएको छ । तालिम एक महिनासम्म चलेको थियो ।
नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष तथा सिटिजन प्राविधिक शिक्षालयका अध्यक्ष उमाकान्त शर्माले तालिममा सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । देशमै दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा आफूहरु रहेको उनले बताए ।
नगर तथा गाउँपालिकामार्फत सञ्चालन हुने सीप विकास कार्यक्रम अन्तर्गत शिक्षालयमा हेभी इक्युपमेन्ट (ब्याकहो लोडर÷एक्साभेटर) अपरेटर तालिम सञ्चालन भइरहेको शिक्षालयले जनाएको छ ।
छात्रवृत्तिसमेत उपलब्ध हुने शिक्षालयले जनाएको छ ।
Comments are closed.