काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको सहकार्यमा चैत्र २२ गते शनिबार “स्प्रिङ जुम्बा फेष्ट” सम्पन्न भएको छ । रोयल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको उक्त कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकको सहभागिता रहेको थियो।
बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा जुम्बा नृत्य, डिटक्स तथा डिस्ट्रेस गतिविधिमार्फत सहभागीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। जिन नेपालले हाल नेपालभर ५० भन्दा बढी लाइसेन्स प्राप्त प्रशिक्षकहरूलाई समेट्दै, फिटनेस समुदाय विस्तारमा सक्रिय भूमिका खेलिरहेको छ। कार्यक्रममा ट्रान्क्यूलिटी स्पाका प्रमूख मानव संसाधन तथा वित्त अधिकृत साथै जिन नेपालको सक्रिय सदस्य निशा श्रेष्ठले भनिन्, “यस्ता कार्यक्रमहरूले मानिसलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्दछ, जसमा सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं।”
यसै क्रममा बैशाख १८ गते शुक्रबार द सोल्टी काठमाडौं स्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिम आयोजना गरिने छ । साथै, ट्रान्क्यूलिटी स्पा र जिन नेपालबीच वेलनेश संस्कृति प्रवद्र्धन गर्नका लागि आगामी दिनमा पनि सहकार्य गर्ने बताइएको छ ।





Comments are closed.