ट्रिप टर्बोले सुरु गर्‍यो ‘ट्राभल मेला २०२५’

ललितपुर । नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले दोस्रो संस्करणको ‘ट्राभल मेला २०२५’ सुरु गरेको छ । सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुने यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफर, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवे समावेश छन् ।

महोत्सवमा सहभागी भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट, हवाई बलुन राइड, बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईटसहित हाईग्राउन्ड एड्भेन्चर्सका बञ्जी, जिपलाइन, स्काइ स्क्रिमर, एटीभी राइडजस्ता गतिविधिहरू जित्ने अवसर पाउनेछन् ।

साथै, १ रात/२ दिनको लक्जरी बसाई त्रिशूली भिल्ला, स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ, फन ल्याण्ड आईस स्केटिङ पास लगायतका रोमाञ्चक उपहारहरू पनि राखिएका छन् । ट्राभल मेला अवधिभर यात्रुहरूले विभिन्न गतिविधिहरूमा ५०% सम्म छुट, अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, राफ्टिङ, क्यानोनीङ, एटीभी राइड आदिमा रु. ६,५०० सम्म छुट पाउनेछन् ।

बस र उडानमा विशेष फायर सेल अवधिमा रु. ३०० सम्म छुटको सुविधा पनि उपलब्ध हुनेछ । ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईका अनुसार, “ट्राभल मेला २०२५ मार्फत हामीले नेपालभरका यात्रुहरूलाई सजिलो, रोमाञ्चक र फलदायी यात्राको अनुभव दिलाउन चाहेका हौं । विशेष छुटदेखि बैंकक गेटअवे जस्ता पुरस्कारसम्म, यसले यात्रा अझ आकर्षक बनाउन योगदान गर्नेछ ।”

ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्ना लोयल्टी पोइन्ट प्रयोग गरेर उडानमा रु. ३००, बसमा रु. १००, क्यूएफएक्स मूवी टिकट, फूडमान्डू अर्डरमा रु. ५०० सम्म, बिगमार्टमा रु. ५०० सम्म र अल्टिमा प्रोडक्टमा रु. ७०० सम्म छुट पाउनेछन् । साथै, विभिन्न एड्भेन्चर गतिविधिमा रु. १,३५० सम्म छुटको सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

महोत्सव अवधिभर ट्रिप टर्बोमार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुनेछन् । सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बो नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो । मोबाइल एप २०२४ मा पहिलो ‘ट्राभल मेला’ अभियानसँगै सार्वजनिक गरिएको थियो ।

हाल यसमा घरेलु र अन्तर्राष्ट्रिय उडान बुकिङ, बस टिकट, २०० भन्दा बढी गतिविधि र बसाई उपलब्ध छन् । सुरु भएको पाँच महिनामै १ लाखभन्दा बढी डाउनलोड पार गरेको ट्रिप टर्बोले अहिले एन्ड्रोईड र आईओएसमा २.५ लाखभन्दा बढी डाउनलोड गरिसकेको छ ।

You might also like

Comments are closed.