काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी निषेधाज्ञा, कर्फ्युउदेश र आसपासको विपत् परिस्थितिका कारण उडान अवरुद्ध भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले मंगलबार दिउँसो सार्वजनिक सूचना जारी गर्दै मौसमीय कारणले उत्पन्न भएको धुवाँलगायतका समस्याले विमान सुरक्षा प्रभावित भएको र त्यसकै कारण विमानस्थल अस्थायी रूपमा बन्द गरिएको जनाएको हो ।
विमानस्थल बन्द रहँदा यात्रुहरूलाई विमानस्थलमै नअडिइ सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गर्न आग्रह गरिएको छ। विमानस्थल खुल्नेबित्तिकै अर्को सूचना जारी गरिने प्राधिकरणले जनाएको छ ।
यात्रुहरूको असुविधाप्रति क्षमा याचना गर्दै प्राधिकरणले सबैलाई धैर्य गर्न अनुरोध गरेको छ । सूचना अनुसार, मंगलबार बिहान ११: ३० बजेबाट विमानस्थल बन्द गरिएको हो ।
Comments are closed.