काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) पुनः सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार राति सार्वजनिक सूचना जारी गर्दै गत भदौ २४ गतेदेखि अवरुद्ध भएका हवाई उडानहरू आज (भदौ २५) दिउसो ३: ३० बजेदेखि सुचारु भएको जानकारी दिएको हो ।
विपद् परिस्थितिका कारण स्थगित भएका हवाई सेवाहरू सुरक्षा समिति बैठकको निर्णयअनुसार पुनः संचालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
यात्रुहरूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानसम्बन्धी जानकारी लिन आफ्ना–आफ्ना एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्न र विमानस्थलमा पुग्दा टिकट तथा परिचयपत्र अनिवार्य साथमा ल्याउन प्राधिकरणले आग्रह गरेको छ ।
Comments are closed.