त्रिभुवन विमानस्थलमा सुन तस्करी प्रयास विफल, १ किलो सुनसहित भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छन्। ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी मंगलबार राति एयर अरेबियाको शारजाह–काठमाडौं उडानमार्फत आइपुगेकी थिइन्।

भन्सार एरियाको टनेलबाट हिँडिरहेकी उनलाई संकाको आधारमा जाँच गर्दा अर्धठोस रूपमा राखिएको १ किलो १५९ ग्राम सुन फेला परेको हो। सुन प्लास्टिकमा बेरिएको तीन वटा डल्लाको रूपमा फेला परेको प्रहरीले जनाएको छ।

यसरी सुन तस्करी गर्न खोजिएको प्रकरण पछिल्लो समय विमानस्थलमार्फत बढ्दो सुन तस्करीको चिन्ताजनक अवस्थालाई देखाउँछ। पक्राउ परेकी खेमानीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.