त्रिथुंगा ट्रेडिङ प्रा.लि.द्वारा ‘मेकानिक मिट’ कार्यक्रम आयोजना

झापा । पेट्रोनस लुब्रिकेन्टसको लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङ प्रा.लि.द्वारा आयोजित ‘मेकानिक मिट’ कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडमा सोमबार कार्यक्रम आयोजना गरिएको हो ।

कालिका ट्रेड सप्लायर्सको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सवराी साधनमा गुणस्तरीय लुब्रिकेन्ट्सको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

कालिका ट्रेड सप्लायर्सका मेनेजिङ डाइरेक्टर डम्बर थापाको अध्यक्षता आयोजित कार्यक्रममा बिर्तामोड, मेचीनगर, बुद्धशान्ति र भद्रपुरका मेकानिकहरुको सहभागिता थियो ।

jutta mela

त्रिथुंगा ट्रेडिङ प्रा.लि.का नेशनल सेल्स हेड अभिशेख अधिकारी र कोशी प्रदेश हेड रामदास भट्टराईले सहजीकरण गरेका थिए । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय उत्पादन भएकाले पेट्रोनस लुब्रिकेन्टस् प्रयोग गर्न र गराउन उनीहरुले आग्रह गरे ।

कार्यक्रममा नेपाल अटो मेकानिक ट्रेड युनियनका ऋषि पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडा लगायतको उपस्थिति रहेको कार्यक्रममा कालिका सप्लायर्सका प्रोप्राइटर वासुदेव तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सुमन लिम्बूले गरेकी थिइन् ।

You might also like

Comments are closed.