पेट्रोनास लुम्ब्रिकेन्टको बागमती प्रदेशस्तरीय रिटेलर तथा मेकानिक्स मिट सम्पन्न

काठमाडौं । त्रिथुंगा ट्रेडिङ प्रालि र प्रसंशा अटोले वाग्मती प्रदेशलाई केन्द्रीत गर्दै रिटेलर मिट तथा मेकानिक्स मिट सम्पन्न गरेको छ । शनिबार काठमाडौंको जडिबुटिस्थित इन्द्रेनी फुडल्याण्डमा कार्यक्रम सम्पन्न भएका हो ।

कार्यक्रममा रिटेलर तथा मेकानिक्स गरी १ सय जना भन्दाबढीको उपस्थिति रहेको बताइएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्याक्ष सुनिल रिजालको प्रमुख आतिथ्यतामा तथा प्रशंसा अटोका प्रवन्ध निर्देशक मनिस नगरकोटीको सभापतित्वमा कार्यक्रम भएको हो ।

नेपाल अटो मेकानिक व्यावसायिक महासंघका निवर्तमान निबर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, त्रिथुंगा ट्रेडिङ प्रालिका विजनेश हेड श्याम पाण्डे, नेशनल सेल्स हेड अभिषेक अधिकारी, इन्डिस्ट्रियल  हेड पदम राना लगायतले रिटेलर तथा मेकानिक्सलाई कम्पनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको बारेमा, गुणस्तरीयताको बारेमा जानकारी दिएका थिए ।

पेट्रोनास लुम्ब्रिकेन्टको बजारको स्थिति, गुणस्तर, बजारीकरण, विभिन्न सेग्मेन्टका बारेमा जानकारी प्रदान गरिएको थियो । पेट्रोनास लुब्रिकेन्ट्स गुणस्तरीय भएकाले धेरैको रोजाईमा पर्न सफल भएको प्रालिका बिजने हेड श्याम पाण्डेले बताए ।

 

 

 

You might also like

Comments are closed.

Secret Link