अनलाइन बैठकबाट मनाईयो गोकुल जयन्ती

पोखरा

तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि सहकारी संस्थाको संयुक्त अनलाइन भर्चुवल वैठक विहिवार सम्पन्न भएको छ ।

जनकवि गोकुल जोशीको ९१ औं जन्मजयन्ती पनि यसै मार्फत मनाइएको छ । जोशीका वारेमा चर्चागर्दै रचनावाचन पनि गरिएको थियो । गोकुलको सम्मानका निम्ति एक पुरस्कारको स्थापना गर्न र गोकुल जन्मस्थलको भौतिक पूर्वाधार र विकासका निम्ति स्थानीय सरकार र प्रदेश सरकारसंग कार्ययोजना बनाई माग गर्न जाने निर्णय गरिएको समाजका अध्यक्ष अम्विकाप्रसाद भट्टराईले जानकारी दिए ।

समाजका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्र विक्रम अधिकारी पूर्व अध्यक्षहरू भीम गुरुङ, ईश्वर सुवेदी, शिवराज पौडेल, वरिष्ठ उपाध्यक्ष भरत के सी, सलाहकारहरू मुरलीमोहन काफ्ले, हरि खनाल, श्रीकन्त शर्मा खतिवडा, राजेश्वर श्रेष्ठ, पवन ढकाल, गणेश ब थापा समाजका महासचिव यामबहादुर सुर्खाली, कोषाध्यक्ष, कर्यसमितिका पदधिकारी तथा अन्य साहित्यिक व्यक्ति र शुभेच्छुक सहभागि थिए ।

You might also like

Comments are closed.