काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको हो । त्रिवि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न अनलाइन सेवा सुरू गरेको हो ।
परीक्षा नियन्त्रक जोशीका अनुसार आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गरिने छ ।
त्रिविले आफ्नै पद्धती तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको हो । अनलाइन फारम भर्नका लागि कतगमभलत।तगभहबm।भमग।लउ मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।
यसका लागि प्रारम्भिक चरणमा रजिष्ट्रेसन कार्डमा उल्लेख भए बमोजिम मार्कसिटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गएर सच्याएर सबमिट गर्नुपर्ने परीक्षा नियन्त्रक जोशीले बताए ।
अनलाइन वितरण गरिएका मार्कसीट वाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेंलो सक्कल मार्कसीटमा फरक पर्न गए एप्लिकेसन आइडीको स्लिप र पहेंलो सक्कल मर्माकसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्नेछ । यसरी फाराम अनलाइन माध्यमबाट सबमिट गरेपछि प्राप्त निर्देशन अनुसार ट्रान्सक्रिप्ट संकलन गर्न त्रिविले सम्बन्धित सबैलाई सूचना जारी गरेको छ ।
Comments are closed.