युनिराइडमा निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । टिभिएसको आधिकारिक बिक्रेता युनिराइड अटो महालक्ष्मीस्थान ललितपुरमा निःशुल्क सर्भिस क्याम्प हुने भएको छ । सर्भिस क्याम्प चैत ९ सोमबारदेखि १३ गते शुक्रबारसम्म सञ्चालन हुने सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

कुनैपनि टिभिएस मोडलको बाइक तथा स्कुटर चेकअप गराउँदा लेबरचार्ज निःशुल्क गरिएको सिग्देलले बताए । ‘स्पेयर्स पार्टस् र इन्जिन आयलमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ उनले भने ।

आगामी दिनमा गरिने सर्भिसिङका लागि विशेष छुट प्रदान गर्न मेम्बरसिप कार्ड निःशुल्क प्रदान गरिने सिग्देलले जानकारी दिए । ‘दक्ष जनशक्तिबाट बाइक तथा स्कुटर चेकअपको व्यवस्था गरेका छौं,’ उनले भने ।

युनिराइड टिभिएसको थ्रिएस शोरुम हो । टिभिएसका बाइक तथा स्कुटरप्रति ग्राहकको आकर्षण बढिरहेको सिग्देल बताउँछन् ।

You might also like

Comments are closed.