काठमाडौं । नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा अक्टोबर १० मा आयोजित चर्चित सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ मा नयाँ टीभीएस एन्टर्क १५० को विशेष अनावरण गरेको छ। संगीतको उत्साह र अत्याधुनिक प्रविधियुक्त स्कुटरको उत्कृष्ट प्रदर्शन क्षमतालाई एकै मञ्चमा प्रस्तुत गर्दै कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरको आगमनलाई विशेष रूपमा मनाएको हो।
कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत (COO) दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा टीभीएस एन्टर्क १५० को अनावरण गरेका थिए। स्कुटरका प्रमुख विशेषताहरू प्रस्तुत गरिएको कार्यक्रममा लोमान्थाङसम्मको टीभीएस एन्टर्क १५० को यात्रालाई समेटिएको विशेष भिडियो प्रदर्शन गरिएको थियो। त्यसपछि आकर्षक भिजुअल इफेक्टसहित स्कुटरको अनावरण गरिएको थियो। सोही अवसरमा स्कुटरको मूल्य रु. ३,६९,९०० घोषणा गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्रले भने, “जगदम्बा मोटर्सले नेपाली बजारमा सधैँ नवीनतम प्रविधि र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राख्दै आएको छ। टीभीएस एन्टर्क १५० हाम्रो यही प्रतिबद्धताको अर्को महत्वपूर्ण उपलब्धि हो। शक्ति, प्रविधि, सुरक्षा र आकर्षक डिजाइनको उत्कृष्ट संयोजनका रूपमा यो स्कुटरले नेपालमा पर्फर्मेन्स स्कुटरको अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएका छौँ। नेपालकै लोकप्रिय सांगीतिक समूह नेपथ्यको कन्सर्टमार्फत यस स्कुटरलाई प्रस्तुत गर्न पाउनु हाम्रो लागि विशेष अवसर हो। संगीत र राइडिङ दुवैमा जोश, ऊर्जा र नयाँ अनुभवको खोजी समान रूपमा जोडिएको हुन्छ। नेपाली राइडरहरूलाई हाइपर पर्फर्मेन्सको नयाँ अनुभव प्रदान गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ।”
त्यस्तै, जगदम्बा मोटर्सकी वरिष्ठ मार्केटिङ म्यानेजर पुडासैनीले भनिन्, “NTORQ ले सधैँ नयाँ पुस्ताका राइडरहरूमाझ आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। दैनिक यात्राभन्दा फरक, अझ रोमाञ्चक र प्रविधिमैत्री अनुभव खोज्ने युवाहरूका लागि TVS NTORQ 150 एक उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत भएको छ। यसको शक्तिशाली १४९.७ सीसी इन्जिन, रेस र स्ट्रिट राइडिङ मोड, ट्र्याक्सन कन्ट्रोल तथा ABS जस्ता आधुनिक सुरक्षा सुविधाहरूले राइडिङलाई थप रोमाञ्चक र आत्मविश्वासपूर्ण बनाउँछन्। नेपथ्यजस्तो प्रतिष्ठित सांगीतिक मञ्चबाट यस स्कुटरलाई प्रस्तुत गर्नुको उद्देश्य नयाँ पुस्तासँग थप नजिकिँदै पर्फर्मेन्स र प्रविधिको नयाँ अनुभव साझा गर्नु हो। ‘This Isn’t Hype. This Is Hyper Performance.’ भन्ने हाम्रो सन्देशले NTORQ 150 को वास्तविक क्षमतालाई प्रतिनिधित्व गर्छ।”
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा नेपालको चर्चित लोक–रक सांगीतिक समूह नेपथ्यको विशेष प्रस्तुति रहेको थियो। परम्परागत नेपाली संगीत र आधुनिक रक शैलीको उत्कृष्ट संयोजनका लागि परिचित नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। रमाइलो इभेन्ट म्यानेजमेन्टको आयोजनामा सम्पन्न उक्त कन्सर्टमा TVS NTORQ 150 टाइटल स्पोन्सरका रूपमा सहभागी भएको थियो। संगीत, युवा पुस्ताको जीवनशैली र साहसिक यात्राको भावनालाई जोड्दै कार्यक्रमले स्कुटरको विशेष अनावरणलाई थप आकर्षक बनाएको थियो।
नयाँ टीभीएस एन्टर्क १५० मा १४९.७ सीसी क्षमताको ३-भल्भ इन्जिन जडान गरिएको छ, जसले १३.२ PS पावर र १४.२ Nm टर्क उत्पादन गर्छ। स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको दाबी गरिएको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।
राइडिङलाई थप सुरक्षित र सुविधाजनक बनाउन यसमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल ABS, स्ट्रिट र रेस राइडिङ मोड, हाइब्रिड TFT-LCD डिस्प्ले तथा स्मार्ट कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन्।
रु. ३,६९,९०० को प्रारम्भिक मूल्यमा उपलब्ध TVS NTORQ 150 स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन आकर्षक रङमा उपलब्ध छ।
नवीन प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमताका साथ TVS NTORQ 150 ले नेपाली स्कुटर बजारमा नयाँ राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। यससँगै जगदम्बा मोटर्सले नेपाली ग्राहकहरूलाई आधुनिक, शक्तिशाली र प्रविधियुक्त दुईपाङ्ग्रे सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले देशभर फैलिएको आधिकारिक डिलर तथा सर्भिस नेटवर्कमार्फत विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।





Comments are closed.