पोखरामा ‘टिभिएस स्मार्ट एक्स्चेन्ज’ अफर साउन १० देखि

काठमाडौं । टिभिएस टू-ह्वीलर्सको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले ‘टिभिएस स्मार्ट एक्स्चेन्ज’ अफर योजना ल्याएको छ । साउन १० देखि १५ गतेसम्म टिभिएस शोरुम नयाँ बजारमा एक्स्चेन्ज अफर सञ्चालन हुनेछ ।

यो अफर अन्तर्गत ग्राहकलाई विशेष छुट प्रदान गरिने प्रवन्धक सन्तोष पोखरेलले आर्थिक आवाजलाई जानकारी दिए । ग्राहकले कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गर्न चाहेमा बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन गरिने उनले बताए । त्यसको विकल्पमा नगद छुट ८ हजार रुपैयाँ वा शुन्यप्रतिशत फाइनान्स सुविधा पनि लिन सकिनेछ ।

पुरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ स्मार्ट टिभिएस चढ्ने अवसर ग्राहकले प्राप्त गर्ने पोखरेलले बताए । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

jutta mela

You might also like

Comments are closed.