टिभिएस एनटर्क १२५ नेपालमा लोकप्रिय बन्दै, ३ वर्षमा ५० हजार युनिट बिक्री

काठमाडौैं । विश्वव्यापी रुपमा प्रतिष्ठित टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीको टिभिएस एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिट बिक्री भएको छ । नेपाली बजारमा भित्रिएको ३ वर्षमा ५० हजार स्कुटर नेपाली बिक्री भएको कम्पनीले घोषणा गरेको छ ।

सन् २०१८ मा टिभिएस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा बिक्री सुरु गरिएको थियो । त्यहाँदेखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको कम्पनीले जनाएको छ । ‘धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ,’ कम्पनीले भनेको छ ।

कार्यक्रममा बोल्दै इन्टरनेशनल बिजिनेश टिभिएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपले स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिव्रmीको लक्ष्य हासिल गरेकोमा खुसी व्यक्त गरे । ‘हामी नेपालका हाम्रा ग्राहकहरु प्रति हार्दिक आभारी छौं। सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागी बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको छ,’ उनले भने, ‘टिभिएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको हो। यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।’

MANASLU

जएमपीएलका प्रबन्ध निर्देशक शहिल अग्रवालले नेपालका ग्राहकहरु, प्रिमियम गतिशीलता समाधानमा विश्वास राख्ने गरेको बताए । ‘जुन बलियो गुणस्तरको हुन्छ र जो देशको विभिन्न भूभागको लागि उपयुक्त हुन्छ । यी आवश्यकताहरुलाई पूरा गरेर, टिभिएस एनटर्क १२५ छिट्टै राष्ट्रले नै मन पराएकोे स्कुटरको रुपमा स्थापित हुन सफल भएको छ,’ उनले भने, ‘हामी टिभिएस एनटर्क १२५का ग्राहकहरुको लागि एक किसिमको छुट्टै अनुभव बनाउन टिभिएस मोटर कम्पनीलाई समर्थन जारी राख्ने छौं ।’

टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ । यस स्कुटरले एक्स्क्ल्युसिभ टिभिएस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ । टिभियस स्मार्ट कनेक्टफुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर,फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ।

टिभिएस एनटर्क १२५पाँच भेरिएन्ट, डिस्क, ड्रम, रेस एडिसन, रेस एडिसन (बिएसभिआइ–एफआई) र सुपरस्क्वाड एडिसनमा उपलब्ध छ । यो म्याट रेड, मेटालिक ग्रे, मेटलिक रेड, मेटलिक निलोको रंगमा आउँदछ । रेस एडिसन (बिएसभिआई–एफआई) सहित रेड–ब्ल्याक र यल्लो–ब्ल्याक रंगमा उपलब्ध छ । जबकि सुपरस्क्वाड एडिसन कम्ब्याट ब्लु, इन्भिन्सिबल रेड र स्तिल्थ ब्ल्याक रंगमा उपलब्ध छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...