‘टिभिएस आरटिआर २०० फोर भि बिएस ६’ युनिराइडमा बुकिङ सुरु

काठमाडौं । टिभिएको नयाँ बाइक नेपाली बजारमा भित्रिएको छ । टिभिएस आरटिआर २०० सिसीको फोर भिको बिएस ६ भर्सनको एफआई बाइक नेपालमा भित्रिएको हो ।

यसैबीच, नेपाली बजारमा भित्रिएको यो बाइक टिभिएसको आधिकारिक बिक्रेता युनिराइड अटो महालक्ष्मीस्थित ललितपुरमा बुकिङ खुल्ला भएको छ । अगस्ट १८ मा ग्रान्ड लन्चिङ हुने यो बाइकको बुकिङ भने सुरु भइसकेको युनिराइडका सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

‘ग्राण्ड लन्चिङ भएपछि ग्राहकलाई चावी हस्तान्तरण गरिनेछ,’ उनले भने । एफआई र बिएस ६ सेगमेन्टमा २०० सिसीमा तुलनात्मक रुपमा सस्तो मूल्यमा बाइक उपलब्ध रहेको सिग्देलले जानकारी दिए । ‘यो बाइक धेरै युवाहरुको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं,’ उनले भने । यो बाइक नेपाली बजारमा वहुप्रतिक्षित रहेकाले पनि धेरैले बुकिङ गरिसकेको र अझै बुकिङ हुने बताइएको छ ।

MANASLU

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...