काठमाडौं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले अपाचे 160 टुभि“ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ । उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सानो भरयांग सोरूम मार्फत Comedy Champion का शीर्ष ६ सहभागीहरुद्वारा सार्वजनिक गरेको हो ।
अपाचे 160 टुभि को बडीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ जुन पहिलाको सोही गाडीको संस्करण भन्दा भिन्न र फरक डिजाइनको रहेको छ बताइएको छ । यसैगरी यसको पछाडि १२०÷७०×१७ को नयाँ फराकिलो टायर राखिएको छ जसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्दछ । यसमा रहेको अर्को राम्रो फिचर्स भनेको यसमा रहेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले रहेको छ जसले राइडरलाई स्पीड नियन्त्रण बारे अवगत गराइरहन्छ ।
अपाचे 160 टुभि मा बेस्ट इन क्लास आर.टि.आर ओभरस्क्वेर इन्जिन रहेको छ जसले ८००० आर.पि.एम मा १४. १४ पि.एसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आर.पी.एम मा १३.२ एन.एमको अधिकतम टर्क प्रदान गर्दछ। यसैगरि यसमा बेस्ट इन क्लास एम.आइ.जी सस्पेन्सन सक अप राखिएको छ । यो मोटरसाइकल पर्ल वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध रहेका छन्। यसको मूल्य भने २ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । ३९ वर्षको रेसिङ्ग इतिहास तथा नेपालभर १३२ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।
Comments are closed.