पोखरामा ‘टिभिएस स्मार्ट एक्स्चेन्ज’ अफर १५ गतेसम्म थप

पोखरा । पोखरामा टिभिएसको ‘टिभिएस स्मार्ट एक्स्चेन्ज’ अफर थप भएको छ ।  टिभिएस टू–ह्वीलर्सको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले साउन २७ देखि अफर सुरु गरेको थियो । जुन अफर भदौ १५ गतेसम्म थप गरिएको प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

‘यो अफर अन्तर्गत ग्राहकलाई विशेष छुट प्रदान गरिरहेका छौं,’ पोखरेल भने ।  ग्राहकले कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गरेर नयाँ स्मार्ट टिभिएस चढ्न सक्ने पोखरेल बताउँछन् । एक्स्चेन्ज गर्दा पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जनाएको छ । त्यसको विकल्पमा नगद छुट ८ हजार रुपैयाँ वा शुन्यप्रतिशत फाइनान्स सुविधा पनि ग्राहकले लिन सक्नेछन् ।

jutta mela

यो अफर ग्राहकका लागि महत्वपूर्ण रहेको पोखरेल बताउँछन् । पछिल्लो समय टिभिएसप्रति ग्राहकको आकर्षण बढिरहेको सन्दर्भमा एक्स्चेन्ज अफरले ग्राहक अझै लाभान्वित भएको कम्पनीको विश्लेषण छ । बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै टिभिएसले सेवा प्रदान गरिरहेको पोखरेलले बताए । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

You might also like

Comments are closed.