युनिराइडको आयोजनामा काठमाडौं-कुलेखानी टिभिएस राइड

ललितपुर । टिभिएसको बिक्रेता युनिराइड अटोको आयोजनामा ‘राइड फर अ कज टिभिएस’ सुरु भएको छ । युनिराइडको शोरुम महालक्ष्मीस्थान ललितपुरबाट शुक्रबार सुरु भएको राइड कुलेखानीसम्म पुग्नेछ ।

राइडको शुक्रबार एक कार्यक्रमबीच प्रमुख अतिथि टिभिएको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवालले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अग्रवालले टिभिएसका ग्राहकबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नका लागि राइड आयोजना गरेकोमा प्रशंसा गरे ।

टिभिएस ग्राहकहरुबीच फेलोसिप बढाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने लक्ष्यले राइड आयोजना गरिएको युनिराइडका प्रवन्ध निर्देशक निर्मल सिग्देलले बताए । राइडलाई सफल पार्न द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक वसन्त लामाले समेत सहकार्य गरेका छन् । राइडमा टिभिएस अपाचेका ३० जना राइडरहरु सहभागी छन् ।

jutta mela

टिभिएस राइडमा सहभागी हुन पाउँदा खुसी लागेको राइडर अभिषेक अधिकारीले बताए । राइडको शुभारम्भ कार्यक्रममा जगदम्बा मोटर्सका जनरल म्यानेजर दीपक रौनियार, डिलर इन्चार्ज सुजित खड्का लगायतको उपस्थिति थियो ।

यसैबीच, राइडकै क्रममा युनिराइड अटोले बाटोमा रहेको बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले सहयोग गरेको सिग्देलले बताए ।

You might also like

Comments are closed.