पोखरा रंगशालामा टिभिएस स्मार्ट एक्सचेञ्ज मेला भदौ २९ बाट

पोखरा । टिभिएसको बिक्रेता बतास ब्रदर्सको आयोजनामा टिभिएस स्मार्ट एक्सचेन्ज मेला हुने भएको छ । मेला भदौ २९ देखि असोज ६ गतेसम्म पोखरा रंगशालामा हुनेछ । एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार रुपैयाँ थप गरिने छ  वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि लिन सकिन्छ ।

आउँदै गरेको नेपालीहरुको महान् चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले अत्यन्तै आकर्षक ‘टिभिएस ६ प्राइजको सरप्राइज’ योजना पनि ल्याएको छ। मेलामा टिभिएस खरिद गर्ने ग्राहकले यो अफरमा पनि सहभागी हुन पाउने प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए । ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकले टिभिएसका बिभिन्न मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल बिभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् । पुरानो जुनसुकै ब्रान्डको मोटरसाइकल तथा स्कुटर एक्सचेञ्ज गरेर नयाँ टिभिएस चढ्ने अवसर ग्राहकले पाउनेछन् ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म PRIZE को SURPRISE प्रदान गर्ने छ। यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी tvsnepal.com/dashain मा गएर रु.१ लाख सम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन्। यति मात्र नभएर दैनिक Realme C20 स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप, यस योजना अन्तर्गत राखिएको छ। यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना TVS Apache RR 310 पाउने सुवर्ण अवसर समेत रहेको छ।

यस योजनाको मुख्य SURPRISE चाहिँ यसको बम्पर PRIZE नै रहेको छ , जहाँ ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारी सँगै Proton Saga car घर लैजाने छन्। योजना अवधी भरि १० लाखसम्मको नगद, शत प्रतिशत क्यास ब्याक, TVS Apache RR 310 र Proton Saga car का बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत गरिनेछ ।

You might also like

Comments are closed.