पोखरामा ‘टिभिएस स्मार्ट एक्स्चेन्ज मेला’ सुरु

पोखरा । टिभिएस मोटरसाइकल तथा स्कुटरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्सले ‘टिभिएस स्मार्ट एक्स्चेन्ज मेला’ आयोजना गरेको छ । बुधबार सुरु भएको मेला यही मंसिर १३ गते सोमबारसम्म जारी रहने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

मेला अवधिभर कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गरी टिभिएस ब्राण्डको नयाँ मोटरसाइकल तथा स्कुटर चढ्ने अवसर ग्राहकले पाउनेछन् । एक्सचेन्जमा बजार मूल्यभन्दा १० हजार रुपैयाँ थप मूल्यांकन गरिने पोखरेलले जानकारी दिए । वा नकिन्दै १ लाख रुपैयाँसम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्म जित्ने अफरमा सहभागी हुन वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा लिन सकिनेछ ।

पुरानो स्कुटर वा मोटरसाइकल एक्स्चेन्ज गर्दा थप पैसा थप नगरी मासिक ५ हजार ९ सय ९९ रुपैयाँ किस्ता तिर्ने गरी टिभिएस खरिद गर्न सकिने बताइएको छ ।

jutta mela

‘टिभिएस स्मार्ट एक्स्चेन्ज मेलाको अवसरमा टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गरी ग्राहकले लाभ लिन सक्नेछन्,’ पोखरेलले भने । टिभिएसप्रति ग्राहकको आकर्षण बढिरहेको उनले बताए । ‘बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै टिभिएस बिक्री गरिरहेका छौं,’ उनले भने । टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

You might also like

Comments are closed.