‘टिभिएस दसैंको आशा’का बिजेता रत्नेशलाई हस्तान्तरण गरियो अपाचे आरआर ३१०

‘टिभीएस दसैंको आशा’ योजनाअन्तर्गत भाग्यशाली विजेतालाई  आइतबार जनकपुर टिभिएस सोरुम मा बाइक को  चाबी हस्तान्तरण गरिएको छ । यस योजनाअन्तर्गत  रत्नेस कुमार कर्णले  टिभीएस अपाचे आरआर ३१० जितेका छन् ।

उनले टि भि एस को बेवसाइड मा गएर फर्म भरेको का थिए । नियम अनुशार बाइक जितेका हुन् । जनकपुर टिभिएस शोरुम आर्यन अटो मोबाइल्समा भएको पत्रकार सम्मेलनमा उनलाइ प्रमुख अतिथि जनकपुर उपमहानगरपालिका मेयर लाल किशोर साह  को हातबाट टिभिएस को सबै भन्दा महङ्गो बाइक अपाचे आर आर ३१० हस्तान्तरण गरिएको हो । कार्यक्रमा बोल्दै टिभिएस दसैं को आशा कार्यक्रम को बिजयी रत्नेस कर्णले भने लक्की ड्र मार्फत  जिबनमा बिश्वास नै  नगरेको कुरा पूरा भएको छ, टि भिएस को स्किममा आफ्नो जीवन को आसा   पूरा भएको मा धन्यवाद व्यक्त गरे ।

उनले सो उपहार Tvsnepal.com/dashina मा फारम भरेको र केही दिन अगाडी जनकपुर  टिभिएस शोरुम आर्यन अटो मोबाइल्स  बाट टिभिएस स्टाइकर  खरिद गरेका थिए  । उनले कम्पनीको वेबसाइटमा गएर प्रक्रियागत तरिकाले फारम भरेर उक्त प्रतियोगितामा निशुल्क सहभागीता जनाएका थिए ।

jutta mela

बाइकको चाबी हस्तान्तरण कार्यक्रम पछि बिजयी सहित सम्पुर्ण ग्राहक मिलेर बाजा र बाइक र्याली सहित  जनकपुर बजार परिक्रमा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मेयर लाल किशोर साहले   अपाचे आर आर ३१० बिजयि रत्नेश कुमार कर्ण लाई  बधाइ दिनुका साथै यस्तो राम्रो स्किम लागू गरेकोमा र ग्राहक को आशा  पूरा गरेकोमामा जग्दम्बा मोटर्स लगायत जनकपुर टिभिएस सोरुम आर्यन अटोलाइ धन्यवाद दिदै यस्ता कार्यक्रम भोलिको दिन मा पनि लागू गर्न सुझाव दिए ।

कम्पनीको तर्फबाट जग्दम्बा मोटर्सका टिभिएसका जनरल मेनेजर दिपक रौनियार र जनकपुर एरिया अफिसर अमरेन्द्र मल्लिकको उपस्थिती थियो ।

कार्यक्रम मा सभापति आर्यन अटो जनकपुर का संचालक रामबालक महतो ले बिजेता रत्नेश कुमार कर्ण लाई बधाइ दिनुका साथै बाइक तथा स्कुटर चढेर  सेवा गर्ने मौका दिन आग्रह गरे । ग्राहकले सहयोग गरेमा ग्राहक लक्षित  स्किम र कार्यक्रम अझै गर्न सकिने उनले बताए ।

यस योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने भन्‍ने छैन ।‘टिभीएस दसैंको आशा’ योजनाअन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ । हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभीएसको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्‍नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन् । यस बम्पर योजनाको आकर्षण भनेको जो कोहीले पनि आफ्नो छनोट वा किन्‍ने विकल्पको बाबजुद पनि भाग लिन र जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभीएस टु ह्‌विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर सयभन्दा बढी सेल्स सर्भिस र स्पेयर्स डिलर छन् ।

You might also like

Comments are closed.