टिभिएस स्कुटर किनेका तिवारीले अपाचे आरआर ३१० उपहार जिते

काठमाडौं । टिभिएस स्कुटर खरिद गरेका पोखरा सिद्धार्थचोकका नारायणहरि तिवारीले ७ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको टिभिएस अपाचे आरआर ३१० बाइक उपहार जितेका छन् ।

‘टिभिएस दसैंको आशा’ योजनाअन्तर्गत उनी छैटौं साताको भाग्यशाली बिजेता बनेका हुन् । टिभिएसको आधिकारिक बिक्रेता बतास व्रदर्शमा उनले दसैं अगाडि स्कुटर खरिद गरेका थिए । छिट्टै कार्यक्रम गरी तिवारीलाई मोटरसाइकल हस्तान्तरण गरिने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

टिभिएस स्कुटर खरिद गर्दा लक्की ड्रका आधारमा टिभिएस अपाचे आरआर ३१० बाइक उपहार जित्ने अवसर पाउँदा निकै खुसी लागेको तिवारीले प्रतिक्रिया दिए ।

jutta mela

हालै एक कार्यक्रमका बीच नेपालमा टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका उपाध्यक्ष दीपककुमार अग्रवालले साताका भाग्यमानी बिजेता घोषणा गरेका थिए । यस अगाडि देशका विभिन्न ठाउँबाट भाग्यमानी ५ जनाले यो बाइक उपहार जितिसकेका थिए ।

टिभिएस मोटरसाइकल खरिद गरेपनि नगरे पनि कम्पनीको वेवसाइटमा गएर फर्म भर्नेहरु मध्येबाट कम्पनीले भाग्यमानी बिजेता घोषणा गर्दै आइरहेको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.