सेवा विस्तारमा आक्रामक बन्दै टिभिएस, पोखरामा खुल्यो सुविधासम्पन्न सर्भिस सेन्टर

पोखरा । जगदम्बा मोटर्स टिभिएस पोखराका लागि आधिकारिक बिक्रेता वतास ब्रदर्स अन्तर्गत गण्डकी मोटर्स प्रा.लि.ले पोखराको पर्स्याङमा अत्याधुनिक सुविधा सम्पन्न टिभिएस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सर्भिस सेन्टरको सोमबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

करिब १४ हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टर गण्डकी प्रदेशकै सबैभन्दा ठुलो र सुविधा सम्पन्न सर्भिस रहेको कम्पनीको दावी छ । दक्ष टेक्निसियन, पूर्ण रुपमा सुसज्जित कस्टुमर लाउन्ज, पर्याप्त पार्किङ स्पेस, अलग दुर्घटना इञ्जिन कोठा लगायत सुविधाले सर्भिस सेन्टर सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

बतास ब्रदर्सका प्रवन्ध निर्देशक शान्तराज बतास, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल, भाइस प्रेसिडेन्ट दीपक रौनियार, एसआर सर्भिस जनरल म्यानेजर अमरदीप मजुन्दर, स्पेयर्स एण्ड पार्टस जनरल म्यानेजर ड्रोना संग्रौला, मार्केटिङ डिजिएम बिक्रम पौडेलको उपस्थितिमा सर्भिस सेन्टरको शुभारम्भ गरिएको वतास ब्रदर्सका सिओओ राजेश रानाभाटले जानकारी दिए ।

सर्भिस सेन्टरको स्थापनासँगै पोखरा क्षेत्रमा टिभिएसका ग्राहकलाई बिक्री पछिको सेवा प्रदान गर्न अझै सहज हुने प्रवन्धक सन्तोष पोखरेलले बताउँछन् ।

 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टि भि एसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू-ह्वीलर ब्राण्ड बनेको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.