३ मोडमा चलाउन सकिने टिभिएस अपाचे आरटिआर १६० फोर-भी पोखरामा सार्वजनिक

पोखरा । पोखरामा BS-6 मोडलको टिभिएस अपाचे आरटिआर 160 4-V आरटिएफआइ बाइक सार्वजनिक भएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले बुधबार एक कार्यक्रमबीच बाइक सार्वजनिक गरेको हो ।

टिभिएसको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका मार्केटिङ हेड विक्रम पौडेल र बतास ब्रदर्श प्रा.लि.का सिओओ राजेश रानाभाटले बाइकको बिक्री शुभारम्भ गरेका हुन् ।

उक्त अवसरमा बोल्दै पौडेलले यो बाइक युवा पुस्ताको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।टिभिएस अपाच्ये आरटिआर160 4V आरटिएफआइ रेन, आर्बन र स्पोर्टस गरी तीन राइड मोडहरुमा उपलब्ध छन् । टिभिएसको ब्राडको पहिलो र उत्कृष्ट फिचर सहित बाइक बजारमा आएको सिओओ रानाभाटले बताए ।

jutta mela

यो बाइकमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI)प्रविधिको BS-6 अनुरुपको इन्जिन छ । रेस ट्युन फ्युल इनजेक्सन प्रविधिको बिएस भिआई इन्जिन रहेकाले इन्जिन नियन्त्रणमा सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ । चालकका लागि स्मार्ट फोन तथा ब्लुतुथ जडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ ।

बतास व्रदर्शले ३ जना ग्राहकलाई बुधबार नै चावी हस्तान्तरण गरेको प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए । सो अवसरमा कलाकार धर्बेन्द्र सेवाङले लाइभ प्रस्तुति दिएका थिए । केही दिन अघि मात्रै उक्त बाइक नेपाली बजारमा सार्वजनिक भएको थियो ।

 

 

You might also like

Comments are closed.