युनि राइड डिलरबाट ३ महिनामा ३ सय भन्दा बढी टिभिएस बिक्री

ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा रहेको टिभिएसको डिलर युनि राइडबाट ३ महिनामा ३ सय भन्दा बढी स्कुटर तथा बाइक बिक्री भएका छन् । गत दसैंको घटस्थापनामा शोरुम सुरु भएको थियो ।

महालक्ष्मी स्थान तथा आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको डिलरमा टिभिएस खरिद गर्ने ग्राहकको आकर्षण देखिएको युनि राइडका सञ्चालक निर्मल सिग्देलले जानकारी दिए । अटो क्षेत्रमा लामो समयको अनुभव संगालेका युवा व्यवसायी सिग्देलको प्रत्यक्ष लगानीमा महालक्ष्मीस्थानमा आकर्षक शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको छ ।

बिक्री, बिक्री पछिको सर्भिस र स्पेयर्स पार्टसको सुविधा सहज रुपमा उपलब्ध गराउने गरी शोरुम सुरु गरिएको सिग्देलले बताए । टिभिएस बाइकमा अपाचे १६० र २०० सिसी बढी बिक्री भइरहेको र स्कुटरमा टिभिएस एन्टर्क बढी बिक्री भएको सिग्देलले जानकारी दिए । टिभिएसको सर्वोत्कृष्ट डिलर बन्ने लक्ष्यका साथ आफू अगाडि बढेको सिग्देल बताउँछन् ।

jutta mela

‘शोरुम सुरु भएको ३ महिनामा ३ सय भन्दा बढी टिभिएस बिक्री हुनु राम्रो पक्ष हो,’ उनले भने, ‘डिलरमा ग्राहकको दैनिक आकर्षण देखिएको छ ।’ स्मार्ट टेक्नोलोजी र राम्रो फरफमेन्सका कारण टिभिएस बढी बिक्री भएको सिग्देल बताउँछन् ।

टिभिएका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो । जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रवालको प्रत्यक्ष सहयोगमा आफूले टिभिएसको डिलर लिएको र अपेक्षा अनुसार सफलता प्राप्त गरेको सिग्देल बताउँछन् ।

You might also like

Comments are closed.