भनिमण्डल बास्केटबल कोर्टमा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज’ मेला जारी

ललितपुर । टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता युनिराइड अटो महालक्ष्मीस्थान र रेस अटो कुमारीपाटीको आयोजनामा ‘टिभिएस ग्राण्ड एक्स्चेन्ज’ मेला सुरु भएको छ । ललितपुरको जावलाखेलस्थित भनिमण्डल बास्केटबल कोर्टमा बुधबार सुरु भएको मेला माघ १६ गतेसम्म चल्ने सञ्चालक निर्मल सिग्देलले जानकारी दिए ।

कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्स्चेन्ज गरी विशेष छुटमा नयाँ टिभिएस खरिद गर्न सकिने कम्पनीले जनाएको छ । एक्स्चेन्ज मेलामा सहभागी भएर टिभिएस खरिद गर्ने ग्राहकले नगद छुट ६ हजार रुपैयाँ वा पुरानो स्कुटर वा बाइमा थप ७ हजार रुपैयाँ मूल्यांकनको सुविधा प्राप्त गर्नेछन् । सस्तो तथा सरल फाइनान्स सुविधा तथा फ्रि एसेसरिजको सुविधा पनि ग्राहकले प्राप्त गर्ने सिग्देलले जानकारी दिए ।

पुरानो कुनै पनि ब्राण्डको स्कुटर वा बाइक एक्स्चेन्ज गरी स्मार्ट टिभिएस खरिद गर्ने अवसर नगुमाउन सिग्देलले आग्रह गरे ।

jutta mela

टिभिएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।

You might also like

Comments are closed.