पोखरामा टिभिएसको एक्स्चेन्ज मेला सुरु, विशेष छुट उपलब्ध

पोखरा । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले ‘टिभिएस एक्स्चेन्ज मेला’ आयोजना गरेको छ । माघ २९ गते आइतबार सुरु भएको मेला फागुन ५ गतेसम्म जारी रहने प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिए ।

टिभिएसको शोरुम नयाँबजारमा मेला सञ्चालन भइरहेको छ । कुनैपनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर साटफेर गरी नयाँ टिभिएस स्कुटर वा मोटरसाइकल खरिद गर्न सकिने पोखरेलले बताए । ‘ग्राहकको सुविधालाई मध्यनजर गर्दैै विशेष छुट उपलब्ध गराएका छौं,’ उनले भने ।
एक्स्चेन्ज मेलाको अवसरमा नगद ६ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । ७ हजार रुपैयाँ अतिरिक्त मूल्यांकन वा ठाउनपेमेन्टमा २५ प्रतिशत कम भुक्तानीको सुविधा उपलब्ध गराइने शोरुमले जनाएको छ ।

३ हजार ९ सय ९९ सय रुपैयाँ मासिक किस्ता भुक्तानीमै टिभिएस खरिद गर्न सकिने जनाइएको छ । मेलामा सहभागी भइ विशेष छुटमा नयाँ टिभिएस खरिद गरी लाभ लिन बतास व्रदर्शले आग्रह गरेको छ ।

You might also like

Comments are closed.