नेपालको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड : मार्क्यु राइड सुरु

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस्ग्रुप (एओजी) नामक फोरमकोगठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरन्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको जोशको उत्सव मनाउने गरेको छ ।

स्थापनाको यति छोटो अवधिमा नै अपाचे ओनरस्ग्रुपले देशभरबाट ७०० भन्दा बढी सदस्यहरू बटुलन सफल भएको छ । ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्शल राइड सहित २८ वटा राइडहरु सफलतापूर्वक सञ्चालन गरिसकेकोछ।

परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सधैँ सक्रिय रूपमा संलग्न रहेको यो ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउने भएको छ ।

फागुन ११ गते बिहीबार बाट सुरु हुने अपाचे ओनरस्ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन्। उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौं बाट रक्सौलहुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६ हजार ५ सय किलोमिटर लामो हुने अनुमान गरिएको छ ।

मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन्। कार्यक्रमका लागि ५ सयभन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए ।

काठमाडौंबाट सुरुहुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ । राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोवा जानेछन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुकोपनि भ्रमण गर्ने छन् । यस राइडको क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्नबाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।

मार्क्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउनेछन्। अपाचे बाइकको १ हजार ६० सिरिज, २ सय सिरिज र आरआर ३ सय १० श्रेणीका बाइकहरु सहभागी रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ ।

टिभिएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरि २८ वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । यि राइडहरु काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, बिर्तामोड, नारायणीलगायत देशका विभिन्न पर्यटकीय गन्तव्यमा सम्पन्न भएका थिए । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । पर्यटन प्रवद्र्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले पनि यो कार्यक्रमलाई सहयोग गर्ने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टीभीएसलाई ‘बोर्डले विज्ञापन र पीएसए मार्फत कार्यक्रमको प्रवद्र्धनमा पूर्ण सहयोग गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १ सय ४० भन्दा बढी डिलरहरुकोबलियोराष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएकोटू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

You might also like

Comments are closed.