देशभरका शोरुममा टीभीएसको स्मार्ट एक्सचेन्ज फेस्टिभल

 

काठमाडौं । दुईपाङग्रे सवारी टिभिएसको स्मार्ट एक्स्चेन्ज फेस्टिभल देशभरको शोरुममा सुरु भएको छ । पुस २८ गते सुरु फेस्टिभल माघ ७ गतेसम्म जारी रहने नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।

फेस्टिभलमा कुनै पनि कम्पनीको स्कुटर र बाइक साटफेर गर्दा १५ हजार रुपैयाँ थप मूल्यांकन वा स्योर सट डिस्काउन्ट अन्तर्गत ९ हजार रुपैयाँ वा शून्य प्रतिशत फाइनान्स सुविधा ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

देशभरका जुनसुकै शोरुममा गएर पनि ग्राहकले यो सुविधा लिन सक्नेछन् । स्मार्ट एक्स्चेन्ज फेस्टिभलमा सहभागी भएर टिभिएसको नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले थुप्रै लाभ लिनसक्ने कम्पनीले जनाएको छ । एक्सचेन्ज फेस्टिभल टीभीएसका देशभर रहेका १३५ भन्दा बढी डिलर नेटवर्कहरुमा भइरहेको छ ।

हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन् । यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ ।

टीभीएसका विशेष गरी अपाचे सिरिजका बाइक लोकप्रिय छन् भने पछिल्लो समयमा एनटर्क स्कुटर चर्चित बनेको छ । टीभीएसका बाइकमा भएको स्मार्ट कनेक्ट र एबीएस सहितका प्रविधिले गर्दा धेरैको रोजाइमा परेको छ । टीभीएस एनटर्क स्कुटरले हालै नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने स्कुटरको रुपमा रेकर्ड कायम गरेको छ ।

You might also like

Comments are closed.