पोखरा । पोखराको सभागृहमा टिभिएस एक्चेन्ज मेला सुरु भएको छ, । मेलामा ग्राहकहरूले पुराना मोटरसाइकल साटेर नयाँ बाइक वा स्कुटर खरिदमा आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् । बैशाख ७ गते सुरु भएको मेला १२ गतेसम्म सभागृह, पोखरामा सञ्चालन हुने पोखराका लागि टिभिएसको आधिकारित बिक्रेता स्क्वायर मोटर्स प्रा लि का प्रबन्धक सन्तोष पोखरेलले जानकारी दिए।
जुनसुकै ब्रान्ड र कन्डिसनको पुरानो बाईक तथा स्कुटरका एक्सचेन्ज गर्दा न्यूनतम ( मिनिमम भ्यालुएसन) रु. ३०,००० सम्मको मूल्याङ्कन गरिनेछ । भ्यालु एडिशन एक्सचेन्ज गर्दा रु. १ लाखभन्दा बढीकोको मूल्याङ्कन, त्यस्तै नगद छुट खरिदमा रु. १ लाखसम्मको नगद छुट, फाइनान्स सुविधा ७.९९% ब्याजदरमा १८ महिनासम्मको ईएमआई सुविधा रहेको छ ।
निःशुल्क एशोसरिजमा बाइक वा स्कुटर किन्ने ग्राहकलाई हेल्मेट, बाइक कभर लगायतका सामान निःशुल्क दिइनेछ । कार्यक्रममा सहभागी भई क्युआर कोड स्क्यान गर्दा आकर्षक उपहार जित्न सकिने अवसर पनि रहेछ । साथै , स्क्वायर मोटर्स प्रा. लि. पोखराले कार्यक्रममा सहभागी भई लाभ लिनको लागि ग्राहकलाई अनुरोध गरेको छ ।
Comments are closed.