काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आजबाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्त मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएसको सवारी खरिद गर्न सक्नेछन्, ।
मेला अवधिभर ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू ३० हजार सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रीकन्डिसन हाउसको सहभागितासहित मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै ग्राहकले रू ८ हजार सम्मको नगद छुट, रू १० हजारसम्मको थप मूल्याङ्कन पाउनेछन् । शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।
मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसिहल, सौन्दर्य ब्राण्डको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन् । मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।
जगदम्बा मोटर्सले सबै दुईपाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकलाई भृकुटीमण्डपमा आजदेखि १२ जेठसम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन अनुरोध गरेको छ ।
Comments are closed.