पोखरा । इलेक्ट्रिक स्कूटरको लोकप्रियतालाई सम्मान गर्दै शनिबार पोखरामा टिभिएस आइक्यूव ग्रीन रिभोलुसन राइडू सम्पन्न भएको छ । टिभिएस पोखरा शोरूमबाट सुरु भएको यो राइड ५० जना टिभिएस आइक्युव ग्राहकको सहभागितामा बीच बार एन्ड रिसोर्टसम्म सम्पन्न भएको हो ।
यो कार्यक्रम पोखरामा टिभिएस आइक्यूव लाई पहिलो रोजाइ बनाएकोमा ग्राहकहरूलाई धन्यवाद दिन र वातावरणमैत्री सवारी साधनको प्रवर्द्धन गर्न आयोजना गरिएको हो।
१.६ मिलियन किलोमिटरको हरित यात्रा
नेपालभरि टिभिएस आइक्यूव स्कूटरहरूले हालसम्म १.६ मिलियन किलोमिटर यात्रा पूरा गरेका छन्, जसले वातावरणमा कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्याएको छ। यसले करिब ६,००० नयाँ रूख रोपेको बराबरको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्याएको छ।
ग्राहकहरूलाई विशेष धन्यवाद
टिभिएस आइक्यूव लाई विश्वास र समर्थन गर्ने सबै ग्राहकहरूलाई धन्यवाद दिन यो राइड आयोजना गरिएको हो। ग्राहकहरूको निरन्तर समर्थनले नै टिभिएस आइक्युव लाई पोखराको पहिलो रोजाइको इलेक्ट्रिक स्कूटर बनाएको छ।
इलेक्ट्रिक सवारीमा रूपान्तरणको अवसर
इलेक्ट्रिक सवारीमा रूपान्तरण गर्न इच्छुक ग्राहकहरूका लागि, स्क्वायर मोटर्सले ११ जेठदेखि १६ जेठसम्म ‘एक्सचेन्ज मेला’ आयोजना गर्दैछ। यस मेलामा ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी साधन साटेर नयाँ त्ख्क् ष्त्तगदभ इलेक्ट्रिक स्कूटरमा आकर्षक अफरहरू सहित रूपान्तरण गर्न सक्नेछन्।
Comments are closed.