टिभिएसको पोखराका लागी आधिकारिक बिक्रेता स्कवयर मोटर्स प्रा.ली.ले टिभीएस मनसुन प्लान्टेसन एक्सचेन्ज मानिया (TVS Monsoon Plantation Exchange Mania) कार्यक्रम यही असार ८ गतेदेखि १३ गतेसम्म अमरसिंह खेल मैदान, पोखरामा आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम अन्तर्गत उपभोक्ताहरूले आफ्ना पुराना बाइक वा स्कुटर साटेर नयाँ TVS सवारी खरिद गर्न पाउने छन्, साथै वातावरण संरक्षणमा योगदान दिने उद्देश्यले “रूख रोपेर जित्नुहोस् जीवनभरको रोड ट्याक्स सित्तैमा” भन्ने विशेष योजना ल्याइएको छ।
कार्यक्रममा सहभागीहरूले पुराना सवारीको थप मूल्याङ्कन – रु. १०,००० सम्म, ०% ब्याजमा फाइनान्स सुविधा, नगद छुट – रु. ८,००० सम्म र फ्री हेल्मेट, ब्याग र बाइक कभर, TVS सवारीमा लाइफटाइम वारेन्टी अफरहरू प्राप्त गर्न सक्नेछन ।
यो कार्यक्रम TVS सवारीप्रेमीहरूका लागि मात्र नभई, वातावरणप्रति उत्तरदायी नागरिकका लागि पनि एक प्रेरणादायी अभियान हो। “Monsoon Plantation Exchange Mania” ले नयाँ बाइक किन्नु मात्र होइन, हरियाली संरक्षणमा पनि योगदान पुर्याउने अवसर प्रदान गर्दछ।
Comments are closed.