टिभीएस मोटर कम्पनीले PUBG Mobile Championship 2021 लाई प्रायोजन गर्ने

तीन भाग्यशाली विजेताले TVS Ntorq 125 Super Squad Edition जित्ने मौका

काठमाडौं । विश्वमा दुई पांग्रे र तिन पांग्रेको प्रतिष्ठित निर्माता टिभीएस मोटर कम्पनीले शनिबार नेपालमा PUBG Mobile Championship 2021 को प्रायोजन गर्ने भएको छ । यो कार्यव्रmम टिभीएस मोटर कम्पनीको Bluetooth जडित स्कूटर TVS Ntorq 125  को ट्यागलाइन “Play Smart” भनिएको छ ।

PUBG नेपालको Gen Z मध्यको एक लोकप्रिय खेल हो र यो च्याम्पियनशिप गेमिंग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ। च्याम्पियनशिप रेजिस्ट्रेसन वैशाख ५, २०७८ (अप्रिल १८, २०२१) देखि शुरु हुनेछ र तीन भाग्यशाली विजेताहरुले TVS Ntorq 125 Super Squad Edition स्कूटर जित्ने मौका रहेको बताईएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, जगदम्बा मोटर्समा हाम्रो लक्ष्य भनेको नेपालका युवाहरुलाई सधै प्रेरित गर्ने र हाम्रा प्लेटफर्महरुलाई प्रोत्साहन गर्नेमा केन्द्रित भएकोे छ। हामीले नियमित अन्तरालमा यस्ता संस्थाहरुलाई समर्थन दिँदै आइरहेका छौँ र त्यस्ता राम्रा पक्ष्यहरु निर्माण गर्न जारी राख्नेछौँ जसले देशमा टिभीएस मोटर कम्पनी उत्पादनहरुको आकांक्षा जगाउँदछ।”

PUBG Mobile Championship 2021 ले ६०० भन्दा बढी टिम , २५ स्ट्रिमिङ्घ च्यानलहरु र १६ स्ट्रिमरहरुको सहभागिताको अपेक्षा गरेको छ जसमा लोकप्रिय एनटिटी जस्तै ““4K Gaming Nepal”, “SK 49”, “Mr. Hyozu” ” समावेश छन्। च्याम्पियनशिप आगामी ४५ दिनसम्म चल्ने छ।

You might also like

Comments are closed.