पोखरा । पोखरामा टिभिएसको इलेक्ट्रिक स्कुटर ‘आइक्युब’प्रति ग्राहकको आकर्षण देखिएको छ । बढ्दो इन्धनको मूल्य र वातावरणमैत्री सवारीप्रति चेतना बढेसँगै आइक्युब पोखरेली ग्राहकको रोजाइमा परेको हो ।
यसैक्रममा शुक्रबार पोखराको सिटी स्क्वायरमा आयोजित एक विशेष समारोहबीच एकैपटक १०० जना ग्राहकलाई टिभिएस आइक्युब स्कुटर हस्तान्तरण गरिएको छ । टिभिएसका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता स्क्वायर मोटर्स प्रालिले उक्त डेलिभरी कार्यक्रमको आयोजना गरेको हो ।
नेपालका लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्स हो । हाल नेपाली बजारमा टिभिएस आइक्युबका ३ वटा भेरिएन्ट र ६ आकर्षक रङहरू उपलब्ध छन् । कम्पनीका अनुसार यो स्कुटर मुख्य तीन सिद्धान्तहरू— पावर अफ चोइस (विभिन्न रेन्ज र मूल्य), पूर्ण एसुरेन्स (सुरक्षा र स्वामित्वको अनुभव) र प्रयोगमा सहजताबाट प्रेरित छ ।
स्क्वायर मोटर्सका सञ्चालक आदर्शमान श्रेष्ठले पोखरामा ईभी स्कुटरप्रति बढ्दो आकर्षण प्रतिष्ठित ब्राण्डप्रतिको विश्वास र गुणस्तरीय सेवाको परिणाम भएको बताए । ‘हामीले बिक्री पछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,’ उनले भने ।
स्क्वायर मोटर्सका प्रवन्धक सन्तोष पोखरेलले एकैदिन १०० वटा इलेक्ट्रिक स्कुटर हस्तान्तरण गर्न पाउनु पोखराको ईभी बजारका लागि उपलब्धिमूलक क्षण भएको उल्लेख गरे । टिभिएस मोटरले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई यसैगरी निरन्तरता दिने कम्पनीको विश्वास छ ।






Comments are closed.