बजार बिस्तार गर्दै टिभिएस, एकै पटक खुले १२ वटा नयाँ शोरुम

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले बजार विस्तार गरेको छ । सेवा विस्तारका क्रममा प्रा.लि.ले एकै पटक १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याएको हो ।

कात्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । यी शोरुमहरु सहित अब देशभरमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् ।

jutta mela

‘आजबाट टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको पुगेको छ,’ नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीका भाइस प्रेसिडेन्ट दीपक कुमार अग्रवालले भने, ‘नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकको जीवनको अभिन्न अंग बन्नेमा विश्वास लागेको छ ।’

अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ । ‘एक घर एक टिभिएस’ बनाउने लक्ष्यका साथ कम्पनीलाई अगाडि बढ्नमा नयाँ शोरुमहरुले अझ मद्दत पुर्याउने अग्रवालले बताए ।

You might also like

Comments are closed.