NTORQ 125 ले पार गर्यो 150K माइलस्टोन

काठमाडौं । TVS NTORQ 125 ले नेपालमा १.५ लाख (150,000) प्रयोगकर्ता पार गर्दै दुई–पाङ्ग्रे बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यस उपलब्धिसँगै NTORQ 125 नेपालका सबैभन्दा लोकप्रिय प्रदर्शन–केन्द्रित स्कुटरहरूमध्ये एकका रूपमा स्थापित भएको छ ।

यो महत्वपूर्ण माइलस्टोनको अवसरमा Jagdamba Motors (Shanker Group अन्तर्गत) ले देशभरका अधिकृत TVS शोरूमहरूमा ‘150K Celebration’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ग्राहक, राइडर समुदाय, डिलर तथा स्कुटर प्रेमीको  सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १.५ लाख प्रयोगकर्ता पार गर्नु बिक्री संख्या मात्र नभई नेपाली सडकमा NTORQप्रतिको विश्वासको प्रतीक हो । यो उपलब्धि ग्राहकहरूको भरोसा, देशव्यापी डिलर नेटवर्कको प्रतिबद्धता तथा बिक्री, सेवा, स्पेयर पार्ट्स, मार्केटिङ र लजिस्टिक्स टिमहरूको संयुक्त प्रयासको परिणाम रहेको उल्लेख गरिएको छ ।

लञ्चदेखि नै NTORQ 125 ले आफ्नो रेसिङ–इन्स्पायर्ड डिजाइन, दमदार परफर्मेन्स र स्मार्ट कनेक्टेड विशेषतामार्फत नेपालमा प्रदर्शन स्कुटरको नयाँ मानक स्थापित गर्दै आएको छ । विशेषगरी युवावर्ग र शहरी कम्युटरहरूबीच यो प्रमुख रोजाइ बन्दै गएको कम्पनीको दाबी छ ।

यस अवसरमा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्ताले ग्राहक, डिलर तथा साझेदारहरूप्रति आभार व्यक्त गर्दै १.५ लाख राइडरको माइलस्टोन नेपाली राइडरहरूको विश्वास र कम्पनीको देशव्यापी सेवा नेटवर्कको समर्पणको प्रतिफल भएको बताएका छन् । उनले NTORQ समुदाय निर्माणमा योगदान गर्ने सबै पक्षप्रति कृतज्ञता व्यक्त गरे ।

देशभरका अधिकृत TVS शोरूमहरूमा आयोजित इन–शोरूम सेलेब्रेशनमा ग्राहक तथा उत्साहीहरूले सहभागिता जनाउँदै विशेष गतिविधिहरूमार्फत यो ऐतिहासिक उपलब्धि मनाएका छन् ।

जगदम्बा मोटर्स, शंकर ग्रुप अन्तर्गत नेपालमा TVS दुई–पाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनी नविनतम मोबिलिटी समाधान, उत्कृष्ट सेवा समर्थन तथा राइडर–केन्द्रित अनुभवमार्फत देशभर ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

You might also like

Comments are closed.