पोखरा पोखरामा टिभिएसका आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले अपाचे RTR 160 2V FI र रेडर आइगो मोडलको बिक्री सुरु गरेको छ । दुवै मोडलको मूल्य क्रमशः रु ३,४४,९०० र रु ३,०९,९०० निर्धारण गरिएको छ ।
अपाचे RTR 160 2V FI मा डुअल डिस्क, ABS, कनेक्टेड डिजिटल क्लस्टर, LED हेडलाइट तथा तीन राइड मोड जस्ता फिचर छन् ।यसको १५९.७ सीसी FI इन्जिनले १६.४ PS पावर प्रदान गर्छ ।
युवा राइडर लक्षित रेडर आइगोमा १२४.८ सीसी थ्री–भी इन्जिन, ‘बुस्ट मोड’, TFT क्लस्टर, नेभिगेसन, भ्वाइस असिस्ट तथा स्टार्ट–स्टप टेक्नोलोजी जस्ता सुविधाहरू छन् । स्क्वायर्स मोटर्सका प्रबन्ध निर्देशक विनोज पोटेले यी मोडलले पोखरामै नयाँ र उत्साहजनक राइडिङ अनुभव ल्याउने बताएका छन् ।



Comments are closed.