काठमाडौं । जगदम्बा मोटर्सले राकुटेन भाइबर संगको सहकार्यमा चाडपर्वको नयाँ स्टिकर प्रस्तुत गरेको छ । नयाँ स्टिकर प्याकले प्रयोगकर्ताहरुलाई कोरोना भाइरसका कारण उत्पत्ती भएको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाइलाई शुभकामना पठाउन तथा उनीहरूसंग जोडिरहन मद्दत पु¥याउने कम्पनीले विश्वास लिएको छ ।
काठमाडौँ, जगदम्बा मोटर्स, नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक वितरक र राकुटेन भाइबर, सरल र निःशुल्क सञ्चार प्रदायक विश्वको एक अग्रपंक्तिमा रहेको मोबाइल एपले दशैंको अवसरमा टिभिएसका विभिन्न विज्ञप्ति तथा सूचना प्रयोगकर्ता माझ प्रस्तुत गर्ने सम्झौता गरेका छन् ।
भाइबर प्रयोगकर्ताले आफ्ना नजिकका तथा प्रिय व्यक्तिहरूलाई टिभिएसको स्टिकर दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान गर्न प्रयोग गर्न सक्नेछन् । दुवै पक्षको समझदारी अनुसार, स्टिकर प्याक ३ महिनासम्म सित्तैमा डाउनलोडका लागि उपलब्ध रहनेछ र एकपटक डाउनलोड गरिसकेपछि टिभिएस दशैंको आशा स्टिकर प्याक प्रयोगका लागि जतिबेला पनि उपलब्ध हुनेछ ।
नेपालीका माझ अझ उत्सुकता बढाउन, एक भाग्यशाली ‘टिभिएस दशैंको आशा’ स्टिकर डाउनलोड कर्ताले टिभिएसको तर्फबाट एउटा नयाँ स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । यो स्टिकर प्याक डाउनलोडका लागि दिइएको लिङ्क मार्फत भाइबरमा उपलब्ध भइसकेको छ । यो लिंक जततउकस्ररखद।mभरतखकमबकजबष्लपयबबकजब)कतष्अपभचकद्दण्द्दण् मार्फ सजिलै डाउनलोड गर्न सकिनेछ ।
‘नेपालीहरुको ठुला चाडपर्वहरू नजिकिँदै गर्दा यो कोरोना भाइरसको कठिन परिस्थितिमा आफ्ना परिवार तथा साथीभाइबीच भेटघाट तथा शुभकामना आदानप्रदान गर्न गाह्रो भइरहेको छ । त्यसकारण यस परिवेशमा, भाइबर मार्फत टिभिएसका विभिन्न स्टिकरद्वारा शुभकामना आदानप्रदान गर्न सकिनेछ। यो टिभिएसको एउटा सानो प्रयास रहेको छ,’ जगदम्बा मोटर्स र राकुटेन भाइबरबीचको समझदारीको उपयोगिताका बारे बोल्ने क्रममा, जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने ।
‘हामी पुन नेपालमा जगदम्बा मोटर्ससंग सहकार्य गर्न पाएकोमा एकदमै उत्साहित छौँ । हामी आशावदी छौं कि यस साझेदारीलाई अझ सशक्त बनाउँदै आउने दिनहरूमा नेपालका हाम्रा प्रयोगकर्तामाझ अझ आकर्षक सुविधाहरु प्रदान गर्न सफल हुनेछौं,’ राकुटेन भाइबरकी प्रमुख विकास अधिकृत अन्ना नामेन्सकायाले भने ।
Comments are closed.