पोखरामा अत्याधुनिक सुविधासहितको टायर बुटिक स्थापना

पोखरा । पोखराको १० कुँडहरचोकमा टायर बुटिक हालै सञ्चालनमा आएकोे छ । टायर सम्बन्धी सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने गरी अत्याधुनिक शोरुम स्थापना गरिएको छ । टायर व्यवसायमा बिगत दुई दशकदेखि सक्रिय व्यवसायी मोहनबाबु खड्काले टायर बुटिक सञ्चालनमा ल्याएका हुन् ।

ह्विल एलाइमेन्ट, ह्विल ब्यालेन्सिङ, ह्विल रोटेसनको सेवासहित विभिन्न कम्पनीका टायरहरु होलसेल मूल्यमा खुद्रा बिक्री गर्ने गरी टायर बुटिक स्थापना गरिएको खड्काले जानकारी दिए ।

पोखरामा नै पहिलो पटक अत्याधुनिक सुविधासहितका टायर बुटिङ सञ्चालनमा ल्याइएको खड्काले बताए । ‘पोखरा तथा आसपासका सवारी धनीहरुलाई सेवा प्रदान गर्ने गरी टायर बुटिक सञ्चालनमा ल्याइएको हो,’ खड्काले भने ।

jutta mela

ह्वील एलाइन्मेन्टबारे के तपाईलाई थाहा छ ?

यदि तपाईको सवारी साधन सही तरिकाले ड्राइभिङ भइरहेको छैन, गाडी अर्कोतर्फ मोडिरहेको छ, स्टेयरिङमा कम्पनको महसुस भइरहेको छ, गाडी हल्लिरहेको जस्तो आभास हुन्छ भने ह्वील एलाइन्मेन्टबाट यी सबै समस्याहरूको समाधान गर्न सकिन्छ । यस्ता खालका समस्याहरूलाई नजरअन्दाज नगर्नुहोस्, बेलैमा ह्वील एलाइन्मेन्ट गरी आफ्नो साधन दुरूस्त राख्न सकिन्छ ।

किन जरुरी छ ह्वील ब्यालेन्सिङ ?

यदि तपाईको गाडीको स्टेयरिङमा कम्पन आउँछ भने यसको मुख्य कारण नमिल्दो (असन्तुलित) टायरबाट पनि हुन सक्छ। यसलाई सन्तुलन गर्नको लागि ह्वील ब्यालेन्सिङ अत्यन्त जरूरी छ। ह्वील ब्यालेन्स गर्नको लागि स्पीडमा घुमाएर ब्यालेन्स मिलाउन रिममा जोड्नुपर्दछ । प्रत्येक १० हजार कि.मि. मा ह्वील ब्यालेन्सिङ गर्नु राम्रो हुन्छ । यसो गर्दा टायरको टिकाउपन बढ्नुका साथै माइलेज पनि राम्रो दिन्छ ।

टायरमा नाइट्रोजन ग्यास किन ?

नाइट्रोजनको बारेमा कतिपयलाई थाहा हुन सक्छ भने कतिपयलाई थाहा नहुन पनि सक्छ । सामान्य हावाको तुलनामा नाइट्रोजन ग्याँस चिसो हुने भएकोले यसको मद्दतले गर्मीको मौसममा टायरको तापक्रम कन्ट्रोल गर्न सघाउँछ । सामान्य हावामा अक्सिजनको मात्रा पनि हुने भएकोले यसमा पानीको समेत केही मात्रा हुने गर्छ। गाडीको टायर बस्ने रिम धातुको हुने भएकोले पानीको ओसिलोपनले रिममा खिया लाग्न सक्छ । यदि टायरमा नाइट्रोजन हाल्ने हो भने खिया लाग्ने समस्या झेल्नुपर्दैन। साथै सामान्य हावा गर्मीमा फैलिने र जाडोमा खुम्चिने हुन्छ । जसले गर्दा टायरभित्र रहेको हावा गर्मी मौसममा फैलिने हुनाले यसले टायरको वालमा प्रेसर बढाउँछ । टायर रबरबाट बनेको हुन्छ, जुन प्रेसरमा सामान्य फैलिन्छ तर धेरै प्रेसर भएपछि टायरको भल्भबाट लिंक हुन्छ भने नाइट्रोजन हाल्दा यो समस्या आउँदैन । साथै मोटर अत्यन्तै राम्रोसँग गुड्छ । टायरको घश्रण समेत कम हुन्छ ।

कति कि.मि.मा ह्वील रोटेसन चेक गर्ने ?

तपाईंहरूले सोचिरहनुभएको होला, मसँग त लग्जरियस सबै सुविधा भएको सवारी साधन छ, केही गर्नुपर्दैन। यो गलत सोच्दै हुनुहुन्छ । प्रत्येक २००० कि.मि. मा ह्वील रोटेसन चेक गरिरहनुपर्ने बताउँछन् बुटिक टायरका सञ्चालक खड्का । पछाडि भन्दा अगाडिका टायरहरू बढी भारका कारण बिग्रने सम्भावना बढी हुन्छ । साथै टायर एकतफी बढी खिइने हुनसक्छ । अगाडिका टायरहरूलाई पछाडिका टायरहरूसँग क्रस रोटेसन गरी लगाउँदा बढी खप्ने (टिकाउ) हुन्छ । सबै सुविधासम्पन्न गाडी भए पनि यदि सानो लापरबाहीले टायरमा खराबी भयो भने तपाईंले धेरै नोक्सानी बेहोर्नुपर्ने हुन्छ । त्यसैले समय–समयमा तपाईंको टायरको रोटेसन गर्न जरूरी छ ।

You might also like

Comments are closed.