इक्यानको कार्यसमिति सदस्यमा उद्धव बनको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रमले पनि तिब्रता पाएको छ । यसैक्रममा इक्यानको कार्यसमिति सदस्यमा उद्धव बनले उम्मेवारी घोषणा गरेका छन् । पुस २८ गते हुने २०औं साधारणसभाले इक्यान नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

इलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीका अध्यक्षसमेत रहेका उद्धव बिगत ६ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय छन् । संस्थागत सुदृढीकरण, पेशागत मर्यादाको संरक्षण र इक्यानको उज्ज्वल भविष्यका लागि आफूले उम्मेदवारी दिन लागेको उनले बताएका छन् ।

साना, मध्यम तथा ठूला सबै प्रकारका शैक्षिक परामर्श संस्थाहरूका समस्यालाई केन्द्रीय तहसम्म पु¥याई समाधानमुखी पहल गर्ने, इक्यानलाई अझ सशक्त, व्यवस्थित र प्रभावशाली संस्थाका रूपमा विकास गर्ने, विद्यार्थीहरूको भविष्य निर्माणका लागि सही मार्गदर्शन, पारदर्शिता र व्यावसायिक नैतिकतालाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ ।

बर्तमान कार्यसमितिमा उनले इक्यानको युके विभागमा रहेर काम गरिसकेका छन् । ‘मैले विगतको अनुभव र व्यावसायिक निष्ठालाई आत्मसात गर्दै यस पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ । समस्त इक्यानियन मित्रहरूको माया र विश्वासले व्यावसायिक हकहितका लागि काम गर्ने मेरो संकल्प छ,’ उनले भने ।

You might also like

Comments are closed.