काठमाडौं । यूकेमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीलाई लक्षित गरि UK City-Wise Educational Road Show and Admission Day नेपालका प्रमुख शहरमा सम्पन्न भएको छ। ‘द अफिसियल रिप्रिजेन्टेटिभ’द्वारा आयोजना गरिएको यस भव्य शैक्षिक अभियानले यूके शिक्षा, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर, तथा भिसा मार्गदर्शनबारे प्रत्यक्षरूपमा जानकारी प्रदान गर्दै देशभरका हजारौँ विद्यार्थीलाई आकर्षित गरेको थियो ।
कार्यक्रम १६ देखि २५ नोभेम्बरसम्म पोखरा, काठमाडौं, चितवन, बुटवल, भैरहवा, दमौली, हेटौंडालगायतका प्रमुख सहरहरूमा अवस्थित प्रख्यात शैक्षिक परामर्शदाताका कार्यालयमा सम्पन्न भएको हो । आफ्ना कन्सल्टेन्टमार्फत आवेदन गरेका हजारौँ उत्साही विद्यार्थीहरूले सहभागिता जनाउँदै यूकेका प्रमाणित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष काउन्सिलिङ गर्ने अवसर पाएका थिए। यसले विद्यार्थीलाई बेलायतमा अध्ययनका सम्भावना र आवश्यक पूर्वतयारीबारे अझ स्पष्ट मार्गदर्शन प्रदान गरेका थियो ।
कार्यक्रममा University of East London (UEL) ले यस वर्ष पनि उल्लेखनीय ध्यान खिच्यो। UEL का देश प्रतिनिधि असीम घिमिरेले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रियाका आवश्यकताहरू तथा जीवनयापन खर्च व्यवस्थापनबारे उपयोगी जानकारी प्रस्तुत गरे। ‘द अफिसियल रिप्रिजेन्टेटिभ (यूके)’का Partner Relationship Manager नारायण पौडेलले यूके अध्ययन अघि तयारी, क्यारियर विकास, विद्यार्थी जीवन तथा प्रेरणादायी विषयहरूमा जानकारीमूलक सत्र सञ्चालन गरे। त्यस्तै, Malvern International का सुनील रेग्मीले कोर्स चयन, यूके रोजगार अवसर, र स्नातकपछि उपलब्ध क्यारियर मार्गबारे महत्वपूर्ण प्रस्तुति दिएका थिए ।

रोड शोमा University of Roehampton पनि विशेष रूपमा प्रस्तुत गरियो। ‘द अफिसियल रिप्रिजेन्टेटिभ’का मार्केटिङ म्यानेजर निराज गुरुङले रोहेम्पटनका आकर्षक शैक्षिक कार्यक्रमहरू, छात्रवृत्ति अवसरहरू, तथा विद्यार्थीलाई प्रदान गरिने विविध सुविधा र फाइदाबारे विस्तृत विवरण सार्वजनिक गरे। यस बहु–सहर रोड शोले विद्यार्थीहरूलाई व्यक्तिगत काउन्सेलिङ, स्पट एडमिशन मूल्यांकन, वास्तविक विश्वविद्यालय प्रतिनिधिसँग प्रत्यक्ष भेट र अद्यावधिक भिसा तथा आवेदन मार्गदर्शन एवम् यसका माध्यमबाट विद्यार्थीले यूके उच्च शिक्षा यात्राको तयारीमा आवश्यक जानकारी एकै स्थानमा प्राप्त गरेका थिए ।
रोड शोले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा, किफायती अध्ययन विकल्प, तथा ग्लोबल क्यारियर अवसरका ढोकाहरू थप विस्तृत रूपमा खोलेको छ। विभिन्न सहरमा गरिएको यो शैक्षिक अभियानले यूकेमा अध्ययनका लागि विश्वसनीय, अद्यावधिक र व्यावहारिक जानकारी प्रदान गर्दै विद्यार्थीलाई सही निर्णय लिन महत्वपूर्ण भूमिका खेलेको छ।




Comments are closed.