अल्टिमेट एआई पार्टी फोन : रियलमी १५ प्रो ५जी अब नेपालमा उपलब्ध

काठमाडौं । विश्वको अग्रगामी स्मार्टफोन ब्रान्ड रियलमी ले आफ्नो नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु गरेको जनाएको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको छ, विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ ।

नेपालभरका रियलमी आधिकारीक विक्रेतामा उपलब्ध यो स्मार्टफोन १२जीबी + २५६जीबी (रु. ६६,९९९) र १२जीबी + ५१२जीबी (रु. ७१,९९९) भेरियन्टमा पाउन सकिन्छ । यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन नामका दुई आकर्षक रंगमा उपलब्ध छ । रियलमी १५ प्रो ५जी ले समावेश गरेका केही प्रमुख फिचरहरू ४के ६० एफपीएस भिडियो रेकर्डिङ, ६५०० निट्स अल्ट्रा–ब्राइट डिस्प्ले, ७०००एमएएच् ब्याट्री र ८० डब्लू फास्ट चार्जिङ, साथै १४४ हर्ज अल्ट्रा–स्मूथ स्क्रिनले यसलाई आफ्नो श्रेणीमै विशेष बनाएको छ ।

यसमा रहेको सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० एमपी अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० एमपी हाई–रेज फ्रन्ट क्यामेरा, र स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर ले फोटोग्राफी, भिडियो, गेमिङ र दैनिक काम सबैमा उत्कृष्ट प्रदर्शन प्रदान गर्छ । साथै, आईपी६९/आईपी६८/आईपी६६ पानी तथा धुलो प्रतिरोध, कर्निङ ग्लास सुरक्षा, ७००० एमएम² एअरफ्लो भिसी कूलिङ सिस्टम, र पल्स लाइट डिजाइन जस्ता फिचरहरूले यसलाई कार्यक्षमता र डिजाइन दुवैमा सशक्त बनाएको छ ।

मिड–प्रिमीयम श्रेणीलाई लक्षित गर्दै ल्याइएका यस मोडलमार्फत रियलमीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा राखेको छ । समग्रमा, फोटोग्राफी देखि मनोरञ्जन र दैनिक कामसम्म, रियलमी १५ प्रो ५जी ले प्रयोगकर्तालाई भरोसायोग्य प्रदर्शन र आधुनिक, स्टाइलिश अनुभव प्रदान गर्नेछ ।

 

 

You might also like

Comments are closed.