निशेधाज्ञामा घरघरमा खाद्यान्न सामान डेलिभरी गर्दै अल्टिमोडिल अनलाइन सपिङ

काठमाडौं । अल्टिमो डिल अनलाइन सपिङले निशेधाज्ञाको समयलाई मध्यनजर गरी दैनिक उपभोग्य खाद्यान्न सामग्रीको होम डेलिभरी सेवालाई जारी राखेको छ । अल्टिमो डिलले निशेधाज्ञाको समयमा राजधानी काठमाडौंलाई केन्द्रित गरी खाद्यान्न सामान डेलिभरी सेवालाई निरन्तरता दिएको प्रवन्ध निर्देशक मनिस घिमिरेले जानकारी दिए ।

खाद्यान्न लगायत अन्य अत्यावश्यक सामानहरु पनि कम्पनीले डेलिभरी गरिरहेको घिमिरले बताए । ‘माक्स लगायत मेडिकल सामानहरु पनि डेलिभरी गरिरहेका छौं,’ उनले भने ।  २०१७ बाट सुरु भएको कम्पनीले १८ वटा जिल्लामा सेवा विस्तार गरिसकेको छ । लकडाउनमा खाद्यान्न तथा अत्यावश्यक सामानमात्रै डेलिभरी गर्दै आएको कम्पनीले अन्य समयमा लत्ताकपडा, मोबाइल, कम्प्युटर, ल्यापटप, पुस्तक, फर्निचर लगायत दैनिक उपभोग्य तथा घरायसी सामानहरु घरघरमा डेलिभरी सेवा प्रदान गर्दै आइरहेको छ ।

‘१८ जिल्लामा सेवा विस्तार गरिएपनि अर्डर आएमा अन्य जिल्लामा समेत डेलिभरी सेवा प्रदान गरिरहेका छौं,’ उनले भने । निशेधाज्ञा भर खाद्यान्न र अत्यावश्यक सेवा डेलिभरी दिने र निशेधाज्ञा खुलेपछि कम्पनीले सम्पूर्ण सामानहरुको डेलिभरी दिने घिमिरले बताए ।

कम्पनीको अनलाइन   https://www.ultimodeal.com.np/ मा गएर उपभोक्ताले सामान अर्डर गर्न सक्छन् । बजार मूल्य भन्दा अझ सस्तोमा सामान उपलब्ध गराउन आफूहरु सफल रहेको घिमिरेले बताए । खल्ती, कनेक्ट आइपिएस, फोन पेबाट उपभोक्ताले रकम भुक्तानी गर्न सक्छन् । कोभिड संक्रमण जोखिम कम गर्नका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कम्पनीले सेवा प्रदान गरिरहेको घिमिरेले बताए । 

You might also like

Comments are closed.