अमेरिकी अवरोधबिच चिनियाँ निर्यात अनुमानभन्दा तीन गुणा बढ्यो

काठमाडौं  । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सन् २०२६ को जनवरी–फेब्रुअरीमा निर्यातमा २० प्रतिशत वृद्धि गरेको छ । सिङ्टनसँगको तनाव र व्यापारिक प्रतिबन्धका बाबजुद इलेक्ट्रोनिक्स, कृषि र मेसिनरी वस्तुहरूको मागले निर्यातलाई गति दिएको हो ।

युरोपसँगको व्यापार २७.८ प्रतिशत र आसियान क्षेत्रसँग लगभग ३० प्रतिशतले बढेको तथ्याङ्क चिनियाँ भन्सार विभागले सार्वजनिक गरेको छ। यसले चीनले अमेरिकी बजारको विकल्पमा अन्य क्षेत्रहरूमा पकड बलियो बनाइरहेको देखाउँछ ।

तर अमेरिकासँगको व्यापार १० प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, इजरायल–इरान युद्धले ऊर्जा बजारमा असर पुर्‍याएको भए पनि चीनले उत्पादन र निर्यातको गति कायम राख्न सफल भएको छ ।

चीनले यस वर्षको आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशत राखेको छ र आन्तरिक मन्दीको अवस्थामा पनि निर्यातलाई मुख्य इन्जिन बनाइरहेको छ ।

You might also like

Comments are closed.