काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै आएको यूनिक्याम्पस ग्लोबलले २५ औं वार्षिकोत्सवका अवसरमा शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गरेको छ ।
सन् २००१ मा स्थापना भएको युनिक्याम्पस ग्लोबलले पछिल्लो साढे २ दशकमा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्नुका साथै विश्वका विभिन्न विश्वविद्यालयहरूमा आंशिक तथा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सहजीकरण गर्दै आएको छ । युनिक्याम्पस ग्लोबल मार्फत धेरै विद्यार्थीले आफ्नो शैक्षिक भविष्यलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने अवसर समेत पाएका छन् ।
संस्थाका अध्यक्ष विज्ञान श्रेष्ठले नेपाली विद्यार्थीको शैक्षिक भविश्य निर्धारण गर्नका लागि युनिक्याम्पस ग्लोबल सदैव प्रतिवद्ध रहेको बताए । साढे २ दशकको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेपनि समर्पित टोली र दीर्घकालीन दृष्टिकोणका कारण अग्रणी शैक्षिक परामर्श संस्था बन्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए । उनले शिक्षा क्षेत्रमा नवप्रवर्तन र सहकार्यलाई अझ मजबुत बनाउादै अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले विद्यार्थी केन्द्रित सेवा, विश्वसनीय मार्गदर्शन र गुणस्तरीय परामर्शलाई प्राथमिकतामा राख्दै निरन्तर काम गर्दै आएको बताए । उनले भने, “विद्यार्थीहरूको लक्ष्य प्राप्तिमा साथ दिनु नै हाम्रो मूल उद्देश्य हो,”।
शिक्षा परामर्श क्षेत्रका अगुवा हेमन्त भट्टराईले नेपालमा शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउने अभियानमा यूनिक्याम्पसजस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
यूनिक्याम्पस ग्लोबलले परामर्श सेवासंगै शिक्षण संस्थाहरूको स्थापना र विकासमार्फत पनि शिक्षा क्षेत्रमा योगदान विस्तार गरेको छ । यूनिक्याम्पस ग्लोबलले आफ्नो सेवा विस्तारसागै नेपाली विद्यार्थीलाई विश्वस्तरको शिक्षामा पहुाच दिलाउने अभियानलाई अझ सुदृढ बनाउादै लगेको छ ।






Comments are closed.