पासआउट भएका विद्यार्थीलाई जब प्लेसमेन्ट गराउन युनिग्लोबमा जब फेयर

काठमाडौं । युनिग्लोब कलेजको आयोजनामा ‘युनिग्लोब जब फेयर–२०२२’ सम्पन्न भएको छ । काठमाडौंको बानेश्वरस्थित कलेज परिसरमै सोमबार फेयर भएको हो । कलेजबाट पासआउट भएका विद्यार्थीलाई बैंक, वित्तीय संस्था तथा प्रतिष्ठित कर्पोरेट ग्रुपहरुमा रोजगारीको अवसर सिर्जना गर्ने मुख्य लक्ष्यसहित फेयर आयोजना गरिएको हो ।

कलेजबाट पासआउट भएका करिब सय जना विद्यार्थी फेयरमा सहभागी थिए । विभिन्न बैंक वित्तीय संस्था तथा कर्पोरेट ग्रुपका प्रतिनिधिहरुले कार्यक्रममा सहभागी विद्यार्थीलाई जब अफर गरेका छन् । कलेजले क्षमतावान विद्यार्थीहरु उत्पादन गर्न सफल भएको र फेयरबाट धेरैले रोजगारीको अवसर प्राप्त गर्ने कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्टले बताए ।

फेयरमा जब अफर गर्ने कम्पनीहरुका छुट्टाछुट्टै कक्ष तय गरिएको थियो । जहाँ विद्यार्थीले रजिष्टेसन फर्म भरेर जब एप्लाई गरेका छन् । कम्पनीहरुले आवश्यकता अनुसार विद्यार्थीलाई रोजगारीको अवसर सिर्जना गर्ने बताइएको छ । व्यवस्थापन शिक्षामा नेपालकै अग्रणी पहिचान बनाउन सफल युनिग्लोब कलेजले यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गरेको कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले आर्थिक आवाजलाई जानकारी दिए ।

‘कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रह्यो,’ घिमिरेले भने, ‘फेयरमा सहभागी कम्पनीबाट पनि राम्रो र सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।’

You might also like

Comments are closed.