यूनियन लाइफ इन्स्योरेन्सद्वारा २० लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

तनहुँ । यूनियन लाइफ इन्स्योरेन्स आवुखैरेनी शाखाले विहिवार २० लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , आवुखैरेनी गा।पा वडा –३ का वडा सदस्य दिनेश के.सी , आवुखैरेनी शाखाका प्रमुख सविता भटटराई लगायतको टोलीले स्वार्गिय विमित आवुखैरेनी गाउँपालिका–३ का गंगा सिं तामाङका हकवला छोरा पिटर तामाङलाई सो रकम प्रदान गरेका हुन् । गत माघमा निज गंगा सिं तामाङ्गले २० लाख रुपैयाको वरावरको जीवन बीमा गरेका थिए ।

उनले २० लाखको विमा गर्दा प्रथम विमा शुल्क वरावर करिव १ लाख ५३ हजार रुपैया यूनियन लाइफमा जम्मा गरेका थिए । २० लाख विमाङ्कको बीमा गरेका तामाङको गत चैत्रमा असमायिक निधन भएको थियो ।

निधन पश्चात छोरा हकवला पिटर तामाङ्गलाई कम्पनीका प्रतिनीधिहरुले सो रकम वारवारको चेक निजकै निवासमा पुगि प्रदान गरिएको कम्पनीले बताएको छ । सो अवसरमा चेक ग्रहण गर्दै हकवला तामाङले भौतिक शरिरको अनुपस्थितीमा पनि पिडाकै विचमा आर्थिक रुपमा मलम पट्टिको काम गर्ने वताउदै प्राप्त रकम सहि रुपमा सदुपयोग गर्ने वताए ।

jutta mela

कंम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यल अहिले सर्वत्र जोखिम वढिरहेका सन्र्दभमा सुरक्षा र वचतको लागी जिवन विमा अपरिहार्य भएको बताए । कम्पनीले विश्वभर फैलिरहेको कोभिड १९ महामारीको कारण सरकारले लगाएको निषेधज्ञाको पुर्ण रुपमा पालना गर्दै सो रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको जनाएको छ ।

You might also like

Comments are closed.