युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

 

दमौली । जीवन बीमा गरेको चार दिनपछि निधन भएका व्यास नगरपालिका–७ दुलेपानीका चन्द्रबहादुर गुरुङको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम प्रदान गरिएको छ । दाबी रकम बापत श्रीमती तथा छोरा मिलन गुरुङलाई रु पाँच लाख १८ हजार प्रदान गरिएको हो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भोर्लेटार शाखामार्फत गुरुङले गत असोजमा जीवन बीमा गरेका थिए थियो । वार्षिक रुपमा करीब रु ४७ हजार जम्मा गर्ने गरी गुरुङले बीमाङ रु पाँच लाखको बीमा गरेका थिए ।

jutta mela

कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यसहितको टोलीले गुरुङको घरमा नै पुगी सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

You might also like

Comments are closed.