युनियन लाइफद्वारा निषेधाज्ञामै मृत्युदावी बापतको ५२ लाख रुपैयाँ भुक्तानी

पोखरा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी वापतको ५२ लाख रुपैयाँ भन्दा बढी रकम प्रदान दावी भुक्तानी गरेको छ । कम्पनीको गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक विमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा पुगी सो रकम प्रदान गरेका हुन् ।

करिव १४ महिना अगाडि पोखरा नेटका सञ्चालक समेत रहेका न्यौपानेले ५० लाख रुपैयाँको जीवन बिमा गर्दा करिव ३ लाख ६० हजार रुपैयाँ युनियन लाईफमा जम्मा गरेका थिए । ५० लाख विमाङ्कको विमा गरेका न्यौपानेको गत चैत्र ३१ गते असमायिक निधन भएको थियो । निधन पश्चात न्यौपानेकी श्रीमती हकवला शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनिधिहरुले ५२ लाख ८० हजार रुपैयाँको चेक उनकै निवासमा पुगि प्रदान गरेका हुन् ।

सो अवसरमा चेक ग्रहण गर्दै हकवला न्यौपानेले विमा गरेपनि विमा कम्पनीले दिने सेवा सुविधाप्रति आफू यसअघि विश्वस्त नभएको र कम्पनीले घरमै आएर सो रकम प्रदान गर्दा बिमाप्रति विश्वास बढेको बताउँदै धन्यवाद दिइन् । उक्त रकम सहि सदुपयोग गर्ने उनले बताइन् । कम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले विमा सुुखदुखको साथी भएको बताउदै भौतिक शरिरको अनुपस्थितिमा हुने आर्थिक क्षतिलाई विमाले न्युनीकरण गर्ने बताउदै प्राप्त रकम सही सदुपयोग गर्न आग्रह गरे ।

jutta mela

विश्वभर कोभिड–१९ महामारीको रुपमा फैलिरहेको विषम परिस्थितिमा पनि बिमा कम्पनीले आफ्नो दैनिकीलाई यथावत राख्दै सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका छन् । वर्तमान समय परिस्थिति प्रतिकूल रहदारहदै पनि सीमित स्रोत, साधन र जनशक्ति परिचालन गरी विमा कम्पनीहरुले आफ्नो सेवालाई नियमित गरिरहको युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.